दफा २३
विशेष योगदान सम्बन्धी व्यवस्था
: (१) मुलुकको वित्तीय क्षेत्रमा संकट उत्पन्न भएको कारणबाट कोषको वित्तीय अवस्थामा प्रतिकूल असर परेमा सुरक्षित सदस्य संस्थाको वित्तीय अवस्था समेतलाई ध्यानमा राखी कोषले सुरक्षित सदस्यलाई विशेष योगदान रकम तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको रकम बुझाउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम विशेष योगदान रकम बुझाउने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम तोकिएको रकम बुझाउनु सम्बन्धित सुरक्षित सदस्य संस्थाको कर्तव्य हुनेछ ।
(३) उपदफा (१) बमोजिम विशेष योगदान रकम बुझाउने प्रक्रिया तोकिए बमोजिम हुनेछ ।